site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकका निम्ति दरखास्त आह्वान 
Dabur Nepal
NIC Asia

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकका निम्ति दरखास्त आह्वान गरेको छ । एन्फाले सोमबार सामाजिक सञ्जालमार्फत रिक्त रहेको प्रशिक्षक पदका लागि दरखास्त आह्वान गरेको हो । 

एन्फाले नेपाली टिमको प्रशिक्षण सम्हाल्न प्रो लाइसेन्स र पाँचदेखि १० वर्षको अनुभव भएको हुनुपर्ने जनाएको छ । सोमबार खुलेको आवेदनको अन्तिम म्याद असोज १४ गतेसम्मको राखेको छ । 

यसअघि नेपाली टिम इटालियन प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेसको प्रशिक्षणमा थियो । भिन्चेन्सो २०७९ फागुनमा नेपाली टिमको जिम्मेवारीमा आएका थिए । तर, एन्फाको भदौ १२ र १४ गते बसेको एन्फाको केन्द्रीय कार्यसमितिको बैठकले इटालियन प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेसको स्थानमा नयाँ प्रशिक्षक खोज्ने निर्णय गरेको थियो ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  १७:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro