site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तीन दिने ‘फारवेष्ट ट्राभल मार्ट २०२२’ सम्पन्न
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले चैत २५ गते शुक्रवारदेखि शुरु भएको तीन दिने ‘फारवेष्ट ट्राभल मार्ट २०२२’ धनगढीमा सम्पन्न भएको छ । नेपाल पर्यटन बोर्डको प्रवद्र्धन तथा धनगढी उपमहानगरपालिका र नेपाल एसोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्टस् (नाटा) सुदूरपश्चिम प्रदेशको आयोजनामा मार्ट सम्पन्न गरिएको थियो ।

मार्टमा सिमावर्ती भारतीय सहरहरु नैनीताल, देहरादुन लखिमपुर, बरेली, रुद्रपुर र भारतको राजधानी दिल्लीबाट करिब ६० जना टुर अपरेटरलाई क्रेताको रुपमा सहभागी गराई प्रदेशका टुर अपरेटर, होटेल व्यवसायी तथा पर्यटन सेवा प्रदायकहरु बीच यस क्षेत्रका टुर प्याकेजहरु बिक्री प्रवद्र्धन गर्ने विषयमा व्यवसायिक अन्तरक्रिया बी टु बी गरिएको थियो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

मार्टमा सातै प्रदेशका पर्यटकीय आकर्षणहरु झल्किने पेभिलियन, नौ वटा जिल्लाका स्टलका साथै टुर अपरेटर, होटेल व्यवसायी तथा पर्यटन सेवा प्रदायक संस्थाहरुका आकर्षक स्टल राखिएका थिए । कार्यक्रममा आन्तरिक पर्यटन प्रवद्र्धनका लागि सातै प्रदेशका पर्यटन व्यवसायी प्रतिनिधिहरु बीच टुर प्याकेजहरुको आदान प्रदान भएको छ । मार्टकै अवसरमा टुर अपरेटरहरुलाई यस क्षेत्रका कर्णाली, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलगायत क्षेत्रहरुको अवलोकन भ्रमण गराइएको बोर्डले जनाएको छ ।

मार्टले क्रसबोर्डर पर्यटनलाई थप प्रवद्र्धन गर्ने बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले बताए । “कोभिडले थलिएको पर्यटनलाई पुनर्जिवित गर्न तथा नेपालको सीमामा भएको ठूलो भारतीय जनसंख्यालाई नेपालमा आर्कषित गर्न यस्ता मार्ट सहयोगी हुने हाम्रो अपेक्षा हो । नेपालजञ्ज, धरान र धनगढिमा सम्पन्न यी मेलामा भारतीय व्यवसायीहरुको सहभागिताले नेपालमा भारतीय पर्यटकहरुको आगमन बढ्ने विश्वास लिएका छौ,ं” उनले भने । 

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत २८, २०७८  १५:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro