काठमाडौं । ललितपुरको भैंसेपाटीमा प्रथम उपत्यकाव्यापी बुदोकैदो फुलकन्ट्याक्ट कराँते प्रतियोगिताको फाइनल खेलहरु आज हुने भएका छन् ।
‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ शुक्रबारबाट सुरु भएको उपत्यकाव्यापी बुदोकैदो फुलकन्ट्याक्ट कराँते प्रतियोगितामा आज फाइनलका खेल हुने भएका हुन् ।
भैंसेपाटी बुदोकैदो शाखा र दिपकुञ्ज इङलिस स्कुलको सयुक्त आयोजनामा सुरु भएको प्रतियोगितामा उपत्यकाभरका १५० महिला पुरुष खेलाडीको सहभागिता रहेको प्रतियोगिताका सयोजक एवं भैंसेपाटी बुदोकैदो कराँते शाखाका प्रमुख प्रशिक्षक प्रेम शाहले जानकारी दिए ।
प्रतियोगितामा ललितपुर भक्तपुर र काठमाडौं जिल्लाका महिला र पुरुषलाई खेलाडीलाई १० स्पर्धामा प्रतिस्पर्धा गराइएको छ । प्रतियोगिताका विजेता एवं उत्कृष्ट खेलाडीहरुलाई ट्रफी, मेडल र प्रमाणपत्र सहित सम्मानित गरिने आयोजकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।