देश
काठमाडौं । बतास समूहले भाडामा लिएर सञ्चालन गरेको आनन्द पशुपतिमा सरकारले ताला लगाएको छ । सरकारको निर्णय गैरकानुनी भएको भन्दै क्षतिपूर्ति दाबी गर्दै अदालत पुगेको भोलिपल्टै सरकारले ताला लगाएको हो ।
पशुपति विकास कोषका कर्मचारी पुगेर होटल आनन्दमा तालाबन्दी गरेका हुन् ।
सो समूहका अध्यक्ष आनन्द बतासका अनुसार पशुपतिस्थित होटल आनन्दसँगको सम्झौता रद्द गर्ने सरकारको निर्णयले २५ करोड रुपैयाँ क्षति पुगेको छ ।
सो क्षति पूर्तिको माग गर्दै बतास समूह अदालत पुगेको छ । बिहीबार जिल्ला अदालत काठमाडौंमा २५ करोड रुपैयाँ क्षतिपूर्तिसहितको मुद्दा दायर गरेको बतासले जानकारी दिए ।
प्रकाशित मिति: शुक्रबार, चैत २५, २०७८ १४:०८
प्रतिक्रिया दिनुहोस्