विशेष
काठमाडौं । नेपाली शान्ति सैनिक दक्षिण सुडान र सुडानबीचको विवादास्पद भूमि अबेईतर्फ प्रस्थान गरेका छन् ।
अबेईका लागि संयुक्त राष्ट्रसंघ अन्तरिम सुरक्षा बलमा तैनाथ हुन श्री फोर्स हेडक्वार्टर सपोर्ट युनिट (शान्ति सेना) पहिलो डफ्फा बिहीबार राति त्यसतर्फ प्रस्थान गरेको हो ।
प्रमुख सेनानी सुवेश कायस्थको कमान्डमा ६७ नेपाली शान्ति सैनिक टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यूएन चार्टर्डको इथियोपियन एयरलाइन्समार्फत मिसन इलाकातर्फ प्रस्थान गरेको हो ।
संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ द्वन्द्वग्रस्त मुलुकहरूमा विगत ६७ वर्षदेखि नेपाली सैनिक खटिँदै आएका छन् ।
प्रकाशित मिति: शुक्रबार, चैत २५, २०७८ १०:४३
प्रतिक्रिया दिनुहोस्