site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
२५ करोड क्षतिपूर्ति दाबी गर्दै बतास समूह अदातलमा : होटल आनन्द ‘शिल’ गर्दै सरकार 

काठमाडौं । बतास समूह सरकारको निर्णय गैरकानुनी भएको भन्दै क्षतिपूर्ति दाबी गर्दै अदालत पुगेको छ ।

सो समूहका अध्यक्ष आनन्द बतासका अनुसार पशुपतिस्थित होटल आनन्दसँगको सम्झौता रद्द गर्ने सरकारको निर्णयले आफूहरुलाई २५ करोड रुपैयाँ क्षति पुगेको भन्दै अदालत पुगेका हुन् ।

बिहीबार जिल्ला अदालत काठमाडौंमा २५ करोड रुपैयाँ क्षतिपूर्तिसहितको मुद्दा दायर गरेको बतासले जानकारी दिए । 

होटल आनन्द प्रालि र पशुपति क्षेत्र विकास कोषबीचको सम्झौता यसअघि नै रद्ध गरेको जानकारी कोषका प्रतिनिधि होटलमा पुगेर गराएका थिए ।

यसैबीच कोषले नै शुक्रबार बिहान १० बजे होटल आनन्द ‘शिल’ गर्ने तयारी गरेको छ ।

त्यसका लागि सहयोग गर्न वडा कार्यालयलाई पत्राचार पनि गरिसकेको छ । बाह्रखरीलाई प्राप्त पत्रमा सो कुरा उल्लेख गरिएको छ ।  “करार रद्ध र भंग भै सकेको अवस्थामा आफ्नो स्वामित्वमा रहेको भवन, लिगलगापात र सो स्थानमा रहेका सामानहरु कोषको नियन्त्रणमा लिई धर्मशाला निरन्तर सञ्चालन गर्नुपर्ने भै देहायको समय र स्थानमा सामानहरुको मुचुल्का गर्न लागिएकोले त्इस वडा कार्यालयबाट रोहवरमा रहने गरी वडा प्रतिनिधि खटाई सहयोग गरिदिनुहुन अनुरोध साथ पत्राचार गरिएको छ,” सदस्य सचिव डा. मिलनकुमार थापाले काठमाडौं महानगर वडा नम्बर ८ कार्यालयलाई बुधबार लेखेको पत्रमा भनिएको छ ।

तर यसलाई बतास समूहले भने गैरकानुनी भन्दै आएको छ । यस विषयमा उच्च अदालत पाटनमा मुद्दा विचाराधीन अवस्थामा रहेको र आइतबारका लागि उच्च अदालतले दुवै पक्षलाई बोलाएको छ ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, चैत २४, २०७८  १७:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro