site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
'कर्मचारी कुटेको'बारे मनाङेको जवाफ– पिट्यो भनेर बदमासी गर्‍यो, अब एक्सनमा जान्छु
फाइल तस्बिर ।
Siddhartha BankSiddhartha Bank

पोखरा । मंगलबार आफ्नै मन्त्रालयका कर्मचारीलाई हातपात गरेको आरोप लागेका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले आफूले कुटपिट नगरेको दाबी गरेका छन् । उनले आफूले सम्झाएको मात्रै बताए ।

उनीमाथि मंगलबार आफ्नै मन्त्रालयका युवा शाखा प्रमुख प्रकाश ओझामाथि हातपात गरेको आरोप लागेको छ ।

उनले आफूमाथि कुटपिटको झुटो आरोप लागेको भन्दै छानबिनका लागि आयोग नै गठन गर्ने बताएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

बाह्रखरीसँगको फोनसम्पर्कमा आएका मनाङेको प्रतिक्रिया जस्ताको त्यस्तै :
अब त्यसलाई खाली हिजो सम्झाएको थिएँ । त्यसले पिट्यो भनेर बदमासी गरेछ रे ! अब चाहिँ म एक्सनमा जानुपर्ने हुन्छ । त्यसले स्वरोजगारको पैसाहरू हुन्छ नि स्वरोजगारमा पर्नेहरूलाई नपारेर चाहिँ बाहिरबाहिर पैसाको डिलिङ गरेको रहेछ के त्यसले ।

मैले त्यो सूचना पाएपछि हिजो त्यसलाई बोलाएर सम्झाएको हो । जे पायो त्यो कार्यविधि बनाउने, म नभएको बेलामा विज्ञ भनेर कोकोलाई बोलाउने । पर्ने मान्छेलाई नपारेर नपर्ने मान्छेलाई पारिदिएछ भनेर राम्रैसँग सम्झाएको हुँ । यो बाटो चाहिँ जान नहुने हो त्यो, अब त्यसले दु:ख पाउँछ, जेल जान्छ ।

Global Ime bank

हस्पिटल चाहिँ लुक्न गएको हो । त्यो बदमास हो, भोलि अनुसन्धान हुन्छ भनेर लुक्न गएको हो ।

मैले यस्ता बदमासलाई पिट्न छाडिसकेँ, पहिला एउटा यस्तै बदमासलाई पिटिसक्या हुँ । यस्ता खालका बदमासहरूको अनुहार पनि हेर्न चाहन्न के म । मैले यसलाई यसअगाडि पनि छाडेको हुँ । पहिला पनि यस्तो ठुलो मिस्टेक गरेको रहेछ ।

तीन करोड २४ लाख रुपैयाँ कर्मचारीको सोसल वर्कको तलब रहेछ वर्षको । यसले के गरेको रहेछ भने ३४ करोड लेखेर मरेछ ।

मन्त्रिपरिषद्मा त्यो फाइल नहेरेको भए हामी सबै फस्ने । मैले बोलाएर सम्झाएँ, यो के गरेको भनेर । उसले अंकमा गल्ती भएछ भन्यो । अंकमा गल्ती भएको भए त, अक्षरमा मिलेको हुनुपर्ने । त्यहाँ पनि ३४ करोड नै छ । त्यो केसमा त उसको गल्तीले हामी जेल जान्थ्यौँ नि !

यो मान्छे घरमा बस्ने, घरबाट टाइप गरेर मान्छेलाई प्रोजेक्टहरू बाँड्ने । यो त गरिब मान्छेले पाउने प्रोजेक्ट हो नि । ५१ र ४९ प्रतिशत लेखेछ ।

आलुप्याज रोप्ने मान्छेले कसरी ५१ प्रतिशत लगानी गर्न सक्छ ? यो त एकदम बदमास रहेछ । मैले हिजो साफ गाली गरेको छु । त्यो फस्दैछ ।

मैले जेल पठाउने प्लान त थिएन । अब झुटो आरोप लगाएपछि मैले पाँचजनाको आयोग गठन गर्छु । अब त्यसले दु:ख पायो ।
अब त्यसको कारणले पाँच करोडको स्वरोजगार कार्यक्रम क्यान्सिल हुँदैछ । किनभने अब आचारसंहिता लागु हुँदैछ ।

आयोग गठन गर्नेबित्तिकै त मैले खर्च गर्न मिल्दैन । उसको बदमासी खोजतलास गर्नुपर्‍यो । अब दु:ख पाएको गरिब मान्छेले १/२ लाख भएपनि पाउँथ्यो नि ! बदमासहरूले यस्तो पनि पैसा खाइदिने रहेछन् ।

मैले त अनुहार नै नदेखा भनेर गाली गरेर खेदेको छु । अब झापट हान्यो भनेर भन्न त भनिहाल्छ नि । उसलाई जेल जाने डर भैसक्यो नि त ।

मैले त योङ केटा भनेर सम्झाउन खोजेको हुँ । अब आयोग चाहिँ गठन गर्छु, अत्ति भयो । कर्मचारीले युनियन छ भनेर जे पायो त्यही गर्न मिल्छ ? कर्मचारी युनियनको काम चाहिँ भ्रष्टाचार गर्ने हो ? कुन चाहिँ युनियनले भन्छ हेरौँ न ?

यो पनि मिलन गुरुङ (मनाङेले पहिला झापट हानेका तत्कालीन एन्फा कास्कीका अध्यक्ष) जस्तै ठग हो, बदमास हो । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २३, २०७८  १७:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय