काठमाडौं । नेपाल प्रहरीका आईजीपी शैलेश थापा क्षेत्रीले व्यक्तिगत लाभ भन्दा पनि नागरिकको सुरक्षाका लागि प्रयोग गरी नागरिकले सुरक्षाको अनुभूति गर्ने गरी अदम्य साहस र ऊर्जाका साथ कार्यसम्पादन गर्न प्रहरीलाई निर्देशन दिएका छन् ।
नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह नवलपरासी (पश्चिम) मा संचालित सातौं समूहको प्रहरी विशेष कला तथा कारबाही (कमान्डो) तालिमको दिक्षान्त समारोह आईजीपी क्षेत्रीले यस्तो बताएका हुन ।
प्रहरी कर्मचारीले आफ्नो पेशाप्रति गर्व गर्नुपर्ने चर्चा गर्दै उनले स्वअनुशासनको पालना गर्दै संगठनको छविलाई उच्च राख्न लाग्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा प्रशिक्षार्थीहरूले इमिडियट एक्सन ड्रिल अन्तर्गत फायर एन्ड मुभ अभ्यास, होस्टेज रेस्क्यू अपरेसन डेमोन्स्ट्रेसन, स्यान्ड मोडल बिफ्रिङ, हतियार खोलजोड डेमोन्स्ट्रेसन, बाधापार डेमोन्स्ट्रेसन तथा अनआर्म कम्ब्याट समेत प्रदर्शन गरेका थिए ।