site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
छोटो दूरीको भाडा बढाउन दबाब 
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं ।  यातायात व्यवसायीले छोटो दूरीमा गुड्ने सार्वजनिक सवारीको भाडा बढाउन प्रदेश सरकारलाई दबाब दिने भएका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले लामो दूरीको भाडा बढाएसँगै छोटो दूरीका सवारी साधनमा पनि भाडा बढाउन व्यवसायीले दबाब दिने भएका हुन् । सार्वजनिक यातायात व्यवसायी केन्द्रीय महासंघका महासचिव भरत नेपालले प्रदेश सरकारले तत्काल छोटो दूरीमा गुड्ने सवारीको भाडा बढाउनुपर्ने बताए । 

Dabur Nepal
NIC Asia

‘‘लामो दूरीको भाडादर समायोजन भएको छ । अब छोटो दूरीको हकमा प्रदेशले तत्काल भाडा बढाउनुपर्छ,” उनले भने, ‘‘सरकारले हाम्रा मागलाई हल्का रूपमा लिएको छ । हाम्रोजस्तो देशमा इलेक्ट्रिोनिक भेहिकल चलेको छैन । पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनलाई बढी प्राथमिकतामा राखेर निर्णय गर्नुपर्ने हो । तर, त्यो हुन सकेको छैन ।”

व्यवसायीले पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै भाडा नबढाएको भन्दै दबाबमूलक कार्यक्रम गर्दै आएका छन् । सरकारले लामो दूरीको भाडादर बढाए पनि सबै प्रदेशमा एउटै भाडादर कायम  नभएको भन्दै व्यवसायीले असन्तष्टि जनाएका छन् । सरकारले लामो दूरीमा गुड्ने सवारीसाधनको हकमा १० देखि १५ प्रतिशतसम्म भाडा वृद्धि गरेको छ । 

प्रदेश सरकारले यसअघि बढाएको भाडादरमा व्यवसायीले दुई रुपैयाँ बढी भाडा असुल्दै आएका छन् । व्यवसायीले स्थानीय तहको चुनावको मुखमा अप्रिय निर्णय गर्नुपर्ने हुनसक्ने चेतावनीसमेत दिएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २२, २०७८  १३:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu