site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कुमारी बैंकको २१औँ वार्षिकोत्सव कार्ड र डिजिटल प्रडक्ट प्रवद्र्धनमा विभिन्न अभियान
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । कुमारी बैंक २० वर्ष पूरा गरी २१औँ वर्षमा प्रवेश गरेको छ । बैंकको २१औँ वार्षिकोत्सवका अवसरमा बैंकले विभिन्न कार्यक्रमहरूमध्ये कार्ड र डिजिटल प्रडक्टको विस्तार तथा प्रयोगमा बढोत्तरी गर्ने लक्ष्य लिएको जनाइएको छ ।

कार्ड र डिजिटल प्रडक्टको प्रवर्द्धनलाई अझ सशक्त बनाउने उद्देश्यले बैंकको कार्ड तथा डिजिटल भुक्तानी शाखाले तल उल्लेखित अभियानहरू सञ्चालन गर्ने जनाइएको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

जसमध्ये डेबिट र क्रेडिट कार्डमा बैंकको वार्षिकोत्सवका अवसरमा यही चैत २० गते कुमारी बैंक लिमिटेडको कार्डमार्फत पीओएस अथवा अनलाइनबाट भुक्तानी गर्ने पहिलो कारोबारमा २१ प्रतिशत वा अधिकतममा दुई हजार १०० रुपैयाँसम्म क्यासब्याक प्रदान गर्ने बैंकले जनाएको छ । यो सुविधा एटीएमबाट पैसा झिक्दा भने लागु नहुने बैंकले जनाएको छ ।

यस्तै, बैंकको मोबाइल बैंकिङ एपबाट चैत २० गते पहिलोपटक ‘मोबाइल टपअप’ वा पहिलो क्यूआर भुक्तानी गर्दा अधिकतममा २१० रुपैयाँसम्मको क्यासब्याक प्राप्त हुने जनाइएको छ ।

Royal Enfield Island Ad

त्यसैगरी, हेलिकोप्टर (सिम्रिक एयर)मार्फत गोसाइँकुण्ड जाने कुमारी बैंकका ग्राहक समूहलाई हवाई यात्रामा अन्य दिनको कुल खर्चभन्दा १२ हजार ५०० रुपैयाँ छुट प्रदान गरिने बैंकले जनाएको छ । छुट सुविधा वार्षिकोत्सवदेखि एक महिनासम्म प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

बैंकको वार्षिकोत्सवका दिनदेखि सात दिनभित्र कुमारी स्मार्टमार्फत क्यूआर पेमेन्ट फन्ड ट्रान्सफर अथवा मोबाइल टपअप गर्दा लक्की ‘ड्र’ मार्फत एक ग्राहकलाई दुबई भ्रमण उपलब्ध हुने उल्लेख गरेको छ । लक्की ‘ड्र’ मार्फत छानिएका विजेताले तीन महिनाभित्रमा यस योजनाको उपभोग गर्नुपर्ने र विजेताले आफूसँग थप एकजनालाई भ्रमणमा लिएर जान सक्ने बैंकले जनाएको छ  ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २०, २०७८  १२:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro