site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नयाँँ वर्षमा शाओमीको ‘मि मा डबल मज्जा’ अफर
Siddhartha BankSiddhartha Bank

काठमाडौं । शाओमीले उपभोक्ताका लागि शाओमी टेलिभिजन खरिदमा नयाँ अफर ल्याएको छ । अफरअन्तर्गत कुनै पनि मि टेलिभिजनको खरिदमा उपभोक्ताले एउटा मि नोटबुक प्रो अथवा ४० इन्चको मि ‘फोर ए’ टेलिभिजन जित्न सक्नेछन् ।

उपभोक्ताको माग र नजिकिँदै गरेको नयाँँ वर्षलाई ध्यानमा राखेर शाओमीले ‘मि मा डबल मज्जा’ अफर ल्याएको जनाएको छ ।

Agni Group
NIC Asia

अफरअन्तर्गत मि टेलिभिजन खरिद गर्नेे एकजना भाग्यशाली विजेताले लक्की ‘ड्र’ मार्फत बम्पर उपहारका रूपमा मि नोटबुक प्रो र ६ जना भाग्यशाली विजेताहरूले साप्ताहिक लक्की ‘ड्र’ मार्फत ४० इन्चको मि ‘फोर ए’ टेलिभिजन जित्न सक्ने जनाइएको छ ।

मि टेलिभिजनले एन्ड्रोइड सपोर्ट गर्ने भएकोले यसले प्ले स्टोरमा भएको चार हजारभन्दा बढी एपहरू सपोर्ट गर्ने जनाइएको छ । साथै, टेलिभिजनको अर्र्को विशेषतामा स्मार्ट ब्लुटुथ रिमोट रहेको र त्यसले च्यानल चेन्ज गर्न टीभीमै रिमोट पोइन्ट गरी राख्नु नपर्ने जनाइएको छ ।  जसमा नेपाली भाषामै युट्युब र नेट फ्लिक्समा सर्च गर्न समेत मिल्ने जनाइएको छ ।

Global Ime bank

बजारमा ३२ देखि ६५ इन्चको जुन टीभी किने पनि उही फिचरहरू रहेको जनाइएको छ । टेलिभिजनको बजार मूल्य २९ हजार ९०० देखि एक लाख नौ हजार ९९९ रुपैयाँसम्म रहेको छ । अफर यही चैत १८ देखि आउँदो वैशाख ३१ गतेसम्म लागु हुने जनाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २०, २०७८  १२:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय