site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
०.९३ प्रतिशतले घट्यो नेप्से, कारोबार रकम दुई अर्ब पनि पुगेन
प्रतीकात्मक तस्बिर ।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्से करिब एक प्रतिशतले घटेर बन्द भएको छ । बिहीबार बजार परिसूचक नेप्से २३.९५ अंक (०.९३ प्रतिशत) गिरावट भएर २५४४.३० अंकमा बन्द भएको छ ।

गएको बिहीबारदेखि मंगलदबारसम्म लगातार चार कारोबार दिन घटेको नेप्से बुधबार भने ४०.६८ अंकले बढेको थियो । चार दिन घटेर पाँचौँ दिन बढेको नेप्से एक दिन पनि टिक्न सकेन ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

नेप्सेसँगै व्यापारबाहेक सबै उपसूचकमा गिरावट भएको छ । व्यापार उपसूचक भने ०.७५ प्रतिशतले वृद्धि भएको छ ।

बजार परिसूचकसँगै कारोबार रकम पनि ओरालो लागेको छ । मंगलबार दुई अर्ब पनि नपुगेको कारोबार रकम बुधबार दुई अर्ब २५ करोड पुगेको थियो । तर, आज बजारमा कारोबार रकम पुनः दुई अर्बबाट झरेर एक अर्ब ८९ करोडमा सीमित भएको छ ।

Royal Enfield Island Ad

आज बजारमा इमर्जिङ नेपालको सर्वाधिक नो करोडमाथिको कारोबार हुँदा एभरेष्ट इन्स्योरेन्सको करिब नौ करोड र नागरिक लगानी कोषको सात करोडभन्दा माथिको कारोबार भएको छ ।

दिनभर बजारमा कुल १९४ कम्पनीको सेयर कारोबार हुँदा १६४ कम्पनीको  सेयर मूल्यमा गिरावट भएको छ । १८ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा दुई कम्पनीको स्थिर रह्यो ।

आज बजारमा कारोबार भएकामध्ये इमर्जिङ नेपाल, राष्ट्र उत्थान लघुवित्त र नेष्डो समृद्धि लघुवित्तको सेयर मूल्य बढेर सकारात्मक सर्किट लेभलमा बन्द भएको छ । युनाइटेड इर्दी मार्दी एन्ड आरबी कम्पनीको ७.९० प्रतिशत र  बोटलर्स नेपाल तराईको सेयर मूल्य ५.०३ प्रतिशतले बढेको छ ।

नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य ४.७९ प्रतिशतले गिरावट हुँदा  युनाइटेड मोदी हाइड्रोपावरको ४.५३ प्रतिशत, युनियन हाइड्रोपावरको ४.३९ प्रतिशत, कर्णाली डेभलपमेन्ट बैंकको ४.३६ प्रतिशत र सप्तकोसी डेभलपमेन्ट बैंकको सेयर मूल्य ४.२२ प्रतिशतले गिरावट भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १७, २०७८  १५:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro