काठमाडौं । ‘राष्ट्रिय लोक दोहोरी महोत्सव २०७८’ का लागि आवेदन फर्म खुला गरिएको छ। खुला लोक दोहोरी प्रतियोगिताको इतिहासकै सर्वाधिक पुरस्कार राशीसहित हुन लागेको महोत्सवको आवेदन खुला गरिएको हो । प्रतियोगिताका लागि टिम दर्ता फर्म www.rastriyalokdohorimahotsab.
प्रतियोगतामा प्रथम हुनेले नगद पुरस्कार ५ लाख, दोस्रो हुनेले नगद ३ लाख, तेस्रो हुनेले नगद २ लाख, सान्त्वना पुरस्कार नगद १ लाख रहेको छ । उत्कृस्ट गायक तथा गायिकाले नगद २५ हजार र नव प्रतिभाले नगद २० हजार प्राप्त गर्ने आयोजकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यस पटक ‘राष्ट्रिय लोक दोहोरी महोत्सव २०७८’ (प्रतियोगितासहितको सांस्कृतिक मौलिक मेला) लाई दश लाखभन्दा बढी दर्शकले प्रत्यक्ष अवलोकन गर्ने आयोजकको दाबी छ ।
चैत २५ देखि ३० गतेसम्म काठमाडौंको टुँडिखेलमा हुने कार्यक्रम दर्शकले निःशुल्क अवलोकन गर्न पाउनेछन् । विभिन्न सम्मान सहितको सांस्कृतिक कार्यक्रममा लोक तथा दोहोरी गीतका प्रतिष्ठित कलाकारहरुको सहभागिता रहनेछ ।