अर्थ व्यवसाय
काठमाडौं । नेपालमा प्रमाणमा आधारित नीति निर्माण गर्न र युवा–सरकारबीचका सहकार्यलाई प्रवद्र्धन गर्न फ्युजमेसिनले दायित्वलाई सहयोग गर्ने भएको छ ।
आर्टिफिसियल इन्टेलिजेन्स (एआई)लगायत सेवा प्रवाह कम्पनी फ्युजमेसिन र उद्यमशील नेपालको परिकल्पना गर्दै अएको गैरसरकारी संस्था दायित्वबीच यस्तो सम्झौता भएको हो । सम्झौताअनुसार फ्युजमेसिनले दायित्व नेपाल नीति फेलोसिप कार्यक्रमअन्तर्गत सन् २०२२ मा एकजना फेलोलाई स्पन्सर गर्नेछ ।
२०१३ देखि दायित्वले संघीय, प्रादेशिक र स्थानीय तहमा ५१ सरकारी संस्था र २४ सांसदहरूसँगको सहकार्यमा नीति अनुसन्धानमा सहयोग पुर्याउन विभिन्न ३० देशबाट प्रशिक्षित कुल १४१ दायित्व फेलोहरूको ११ समूहलाई परिचालन गरिसकेको जनाइएको छ ।
प्रकाशित मिति: मंगलबार, चैत १५, २०७८ १४:४९
प्रतिक्रिया दिनुहोस्