site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मेगा बैंकको देशव्यापी वित्तीय साक्षरता अभियान
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले देशव्यापी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । ‘ग्लोबल मनी वlक २०२२’ लाई सफल बनाउने उद्देश्यले सातै प्रदेशका विभिन्न शाखा कार्यालयहरूमार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो ।

जसअन्तर्गत प्रदेश नम्बर १, मधेस प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका तीन–तीन वटा शाखा तथा बागमती प्रदेशका चार वटा शाखा र गण्डकी प्रदेशका ६ वटा शाखा गरी बैंकका जम्मा २५ वटा  शाखा कार्यालयहरूले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेका हुन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

‘ग्लोबल मनी विक’ वित्तीय शिक्षाको महत्वका बारेमा जागरण ल्याउने उद्देश्यले वार्षिक रूपमा मनाइने एक साप्ताहिक अन्तर्राष्ट्रिय अभियान हो । किशोरकिशोरी तथा युवावर्गको वित्तीय ज्ञान, सिप, मनोवृत्ति र व्यवहारमा सुधार ल्याई वित्तीय सक्षमता अभिवृद्धिका माध्यमले विवेकशील वित्तीय निर्णय लिन सघाउने र यसको माध्यमबाट हरेक व्यक्तिको आर्थिक समृद्धिमा योगदान गर्नु यो सप्ताहव्यापी वित्तीय चेतनामूलक अभियानको मुख्य उद्देश्य रहेको छ ।

मेगा बैंकले नेपाल राष्ट्र बैंकले जारी गरेको वित्तीय साक्षरता मार्गदर्शन, २०७८ बमोजिम तोकिएका वर्गलाई लक्षित गरी एक सातासम्म यो देशव्यापी कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १४, २०७८  १६:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro