काठमाडौं । निसान इन्डियाले ५० हजारौं नम्बरको निसान म्याग्नाइट चेन्नाईमा रहेको रिनोल्ट निसान अटोमोटिभ इन्डिया कारखानाबाट उत्पादन गरेको छ । ५० हजार नम्बरको म्याग्नाइट तयार भएको कम्पनीले जनाएको छ ।
निसान मोटर इन्डियाका प्रेसिडेन्ट सिनान ओजकोकले भने, “अन्तराष्ट्रिय बजारमा दि मेक अफ इण्डिया मेक फर दि वल्ड अनुसार एस्.यू.भी.खास मोडेलको उत्पादन हो र यसले निसानको अन्तर्राष्ट्रिय बजारमा पुरानोलाई विस्थापन गरी नयाँ उत्पादन उपलब्ध गराउने राणनीति अनुसार बजारमा आउनेछ ।”
कोभिड–१९ को संक्रमण चुनौती र सेमिकन्डकटरको अभावको अवस्थामा पनि चेन्नाईले ५० हजार म्याग्नाइट उत्पादन गर्न सफल भएको कम्पनीले जनाएको छ । निसान म्याग्नाइटले २०२२ फेब्रुअरीमा ग्लोबल एनक्यापमा ४ स्टार सेफ्टी रेटिङ्ग पाएको थियो ।