काठमाडौं । सरकारले यही चैत २५ गतेदेखि टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गर्दै छ । अभियानमा १५ महिनादेखि १५ वर्ष उमेर समूहका सबै बालबालिकालाई खोप दिइनेछ ।
स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाको तथ्यांकानुसार यो उमेर समूहका बालबालिका ७५ लाख छन् ।
आउँदो वैशाख १८ गतेसम्म चल्ने अभियानमा कुन पालिकामा कहिले खोप दिने भन्नेबारे स्थानीय तहले निर्धारण गर्ने महाशाखाअन्तर्गत खोप शाखाका प्रमुख सागर दाहालले बताए ।
देशभर करिब ३० हजार खोप केन्द्र तोक्ने सरकारको तयारी छ । नेपालमा यो वर्षदेखि अभियानकै रूपमा टाइफाइडविरुद्धको खोप कार्यक्रम सञ्चालन गर्न लागिएको हो । त्यसका लागि सरकारलाई ग्लोबल भ्याक्सिन अलायन्स (गाभी)ले सहयोग गरेको छ ।
विद्यालयलाई केन्द्र बनाएर खोप दिने सरकारको योजना छ ।