site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
१८ अंकले बढ्यो नेप्से, लाभांश घोषणापछि लगातार घट्दै नेपाल टेलिकमको सेयरमूल्य
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । साताको दोस्रो कारोबार दिन (सोमबार) सेयर बजार परिसूचक नेप्सेमा ०.६९ प्रतिशतले वृद्धि भएको छ । पछिल्लो तीन करोबार दिन  लगातार दोहोरो अंकको  गिरावट भएको नेप्से सोमबार १७.९९ अंकले वृद्धि भएर २६३४.५४ अंकमा बन्द भएको छ ।
 
नेप्सेसँगै होटेल तथा पर्यटन र अन्य बाहेक सबै उपसूचकमा वृद्धि भएको छ ।  नेप्सेमा सुधार हुँदा आइतबारको तुलनामा कारोबार रकम पनि बढेको छ । आज बजारमा २ अर्ब  ५९ करोडको कारोबार भएको छ । 

आज बजारमा नेपाल दुरसञ्चार कम्पनीको  सवार्धिक करिब २० करोड ९५ लाखको सेयर कारोबार भएको छ । यस्तै  अरुण भ्याली हाइड्रोपावरको ९ करोडको कारोबार हुँदा जीवन विकास लघुवित्तको पनि ९ करोडको कारोबार भएको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

आज दिनभर बजारमा १९२ कम्पनीको सेयर कारोबारमा आएकोमा १५६ कम्पनीको  सेयरमूल्य वृद्धि हुँदा ३१ कम्पनीको सेयरमूल्य घटेको छ । ५ कम्पनीको  मूल्य स्थिर छ । 

आज कारोबार भएकोमध्ये इमर्जिङ नेपालको सेयरमूल्य बढेर सकारात्मक सर्किट लेभलमा बन्द हुँदा ङ्याली ग्रुप पावरको ७.६७ प्रतिशत र माउन्टेन हाइड्रो नेपाल ६.७४ प्रतिशतले बढेको छ ।

Royal Enfield Island Ad

यता, लाभांश घोषणापछि नेपाल दुरसञ्चार कम्पनीको सेयरमूल्य भने लगातार घटिरहेको छ । २० प्रतिशत बोनस सेयरसहित ४० प्रतिशत लाभांश घोषणा गरेको कम्पनीको  सेरमूल्य लाभांश गरेयता २०० रुपैयाँभन्दा बढीले गिरावट भइसकेको छ । सोमबार पनि कम्पनीको सेयरमूल्य २.९७ प्रतिशतले गिरावट भएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ७, २०७८  १५:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro