अर्थ व्यवसाय
काठमाडौ । नेपाल–इटली उद्योग वाणिज्य संघकाे नयाँ कार्यसमिति चयन गरिएकाे छ । नवराज ढकालको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति गठन भएको हाे ।
संघको वरिष्ठ सदस्यमा राजेशकाजी श्रेष्ठ, उपाध्यक्षमा ध्रुवकुमार श्रेष्ठ र सञ्जय अग्रवाल, महासचिवमा राजेन्द्रलाल श्रेष्ठ, कोषाध्यक्षमा पवनकुमार अग्रवाल, सचिवमा तीर्थबहादुर रोका चयन भएका छन् ।
नेपाल र इटलीबीच भइरहेको व्यापार व्यवसायलाई व्यवस्थित र विस्तार विस्तारमा भूमिका खेल्न गठन भएको जनाइएकाे छ ।
प्रकाशित मिति: आइतबार, चैत ६, २०७८ २०:५८
प्रतिक्रिया दिनुहोस्