site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
ओलीलाई आलेको चेतावनी- घमण्ड नगर्नोस्
SkywellSkywell

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले स्थानीय तह निर्वाचनमा ६० प्रतिशत जित हासिल गर्ने घमन्ड नगर्न नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई चेतावनी दिएका छन् ।

ओलीकै घमन्डका कारण वामपन्थीहरुको दुईतिहाइनजिकको संघीय सरकार ढलेको र प्रदेश सरकार पनि गुमाउनुपरेको उल्लेख गर्दै मन्त्री आलेले स्थानीय तह निर्वाचनमा पनि ६० प्रतिशत जित हासिल गर्ने ओलीको घमन्डलाई नेपाली जनताले जवाफ दिने जिकिर गरे ।

Dabur Nepal
NIC Asia

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले ओली नेतृत्वकै सरकारले नारायणहिटी संग्रहालय र पशुपतिमा रहेको धर्मशाला कौडीको मूल्यमा बिचौलियालाई बुझाएको दाबी गर्दै ओलीले अब घमन्ड गर्न नमिल्ने बताए ।

नेकपा (एकीकृत समाजवादी)का नेता समेत रहेका मन्त्री आलेले ओलीमा महाभारतको दुर्योधनभन्दा पनि बढी घमन्ड चढेको भन्दै जनताले त्यसको जवाफ आउँदो निर्वाचनमा दिने पनि बताए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत ५, २०७८  १५:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro