site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको अन्तिम तयारी, प्रधानमन्त्रीबाट उद्घाटन गराइने
फाइल तस्बिर ।
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको अन्तिम तयारीमा छ । प्रधानमन्त्री शेरबहादुर देउवाबाट विमानस्थल उद्घाटन गराउने तयारी नेपाल नागरिक उड्डयन प्राधिकरणले गरेको छ ।

राष्ट्रिय गौरवको आयोजना यो विमानस्थलमा हालसम्म कुवेतको जजिरा एयरवेजले नियमित उडान गर्न निवेदन दिइसकेको छ । प्राधिकरणका अधिकारीहरूका अनुसार सम्भवतः जजिरा एयरवेजले नै यो विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय उडान गर्नेछ ।

जजिराले आउँदो बुद्ध जयन्तीको अवसर पारेर जेठ २ गते कुवेत–भैरहवा–कुवेत उडान गर्नेछ । जजिराले दैनिक एउटा उडानका लागि प्राधिकरणसमक्ष निवेदन दिएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

यद्यपि, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडानका लागि नेपालमा उडान भर्दै आएका अरू विमान कम्पनीहरूले पनि इच्छा देखाएका छन् । प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीका अनुसार पाँच/सात विमान कम्पनीहरूले उडानका लागि छलफल गरिरहेका छन् ।

उनले जजिरासहित नेपाल एयरलाइन्स, थाई स्माइलले पनि उडान गर्ने बताए । “नेपाल एयरलाइन्स, थाई स्माइलले पनि उडान गर्छ । अन्य विभिन्न विमान कम्पनीहरू पनि सम्पर्कमा आएका छन्,” उनले भने, “पाँच/सातवटा नै विमान कम्पनीहरूले कुराकानी गरिरहेका छन् । विस्तारै औपचारिक रूपमा नै निवेदन आउँछन् ।”

Global Ime bank

प्राधिकरणका उपमहानिर्देश एवं प्रवक्ता देवचन्द्रलाल कर्णले विमानस्थल सञ्चालनका लागि सबै प्रक्रिया पूरा भएको बताए । “क्यालिब्रेसन फ्लाइट सफलतापूर्वक सम्पन्न भइसकेको छ । अब विमानस्थल सञ्चालन गर्ने काम मात्रै बाँकी छ,” उनले भने ।

उनका अनुसार वैशाख १ गते नेपाल एयरलाइन्सले विमानस्थलमा परीक्षण उडान गर्नेछ । त्यसपछि वैशाख ७ देखि विमानस्थल व्यावसायिक उडानका लागि खुला हुनेछ ।  विमानस्थलमा वैशाख ७ देखि आन्तरिकतर्फ नियमित उडान हुनेछ ।

नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले उडान गर्छन् ?
सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमले यो विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने÷नगर्ने कुनै निर्णय गरिसकेको छैन । तर, प्राधिकरणका महानिर्देशक अधिकारीले भने नेपाल एयरलाइन्सले पनि उडान गर्ने विश्वास व्यक्त गरे ।

निगमका अधिकारीहरूले यो विमानस्थलबाट उडान सञ्चालनबारे आन्तरिक रूपमा छलफल गरिरहेको बताए ।

निजी क्षेत्रबाट सञ्चालित हिमालय एयरलाइन्सले पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्ने विषयमा हालसम्म कुनै निर्णय गरेको छैन । तर, अध्ययनको काम गरिरहेको एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले बताए ।

“हामी अहिले कुनै निर्णय गरिसकेका छैनौँ, बजार अध्ययनमै लागिरहेका छौँ,” उनले भने, “अध्ययनपछि मात्रै यसबारेमा निर्णय लिनेछौँ ।”

एयरलाइन्सले बजार, प्राविधिक पक्ष, आर्थिक पक्ष, व्यावहारिक पक्षलगायत सबै पक्ष हेरेर अध्ययन गरिरहेको र अध्ययनपछि मात्रै उडानबारे निर्णय गर्ने उनले बताए ।

यो विमानस्थलको यात्रु क्षमता वार्षिक करिब चार लाख छ । विमानस्थलबाट एक घण्टामा पिक आवरमा ४०० यात्रु ह्यान्डलिङ गर्न सकिने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाले जनाएको छ ।

अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि हाल आन्तरिक उडान हुँदै आएको ‘रन वे’ ट्याक्सी वे बन्नेछ ।

पश्चिम नेपालका यात्रुलाई सहज
यो विमानस्थल सञ्चालनमा आएपछि पश्चिम नेपालका यात्रु लाभान्वित हुने महानिर्देशक अधिकारीले बताए । यस्तै, छिमेकी भारतबाट समेत यात्रु आउन सक्ने उनले बताए ।

प्राधिकरणका प्रवक्ता कर्णका अनुसार यो विमानस्थलबाट खाडी र पूर्वी एसियाका मुलुकहरूमा उडान हुने देखिएको छ ।

भगवान् गौतमबुद्धको जन्मभूमि रहेको क्षेत्रमा अवस्थित यो विमानस्थल सञ्चालनमा आएपछि बौद्ध धर्मावलम्बीहरू भएका देशका तीर्थालुहरू बढी आउने अपेक्षा सरकारी अधिकारीहरूको छ ।

यस्तै, लुम्बिनी, चितवन, पोखरालगायत पर्यटकीय गन्तव्यस्थलनजिक पर्ने भएकाले भारतीय पर्यटकहरूलाई बढी सहज हुने पनि बताइएको छ । त्यसले नेपालको पर्यटन क्षेत्रमा सहयोग पुर्‍याउने विश्वास पर्यटन व्यवसायीहरूको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १, २०७८  १५:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय