site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एमालेले आफूमाथि उठेको आशंकालाई समाधान गर्ने समय आउँदै छ : मन्त्री बडू 
फाइल तस्बिर ।
Siddhartha BankSiddhartha Bank

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावमा संविधानसम्मत बाटोबाट निर्णय हुने बताएका छन् ।

आजको प्रतिनिधिसभा बैठकपछि बाहिरिने क्रममा मन्त्री बडूले भने, “अब विधिसम्मत र संविधानसम्मत ढंगले र प्रतिनिधिसभाको नियमावलीले देखाएको प्रक्रियासम्मत ढंगले छलफलको प्रक्रिया प्रारम्भ हुन्छ । र, निर्णय हुन्छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

उनले मुलुकको स्वतन्त्र न्यायपालिकालाई सुदृढ, शुद्धीकरण गर्ने र मर्यादित बनाउने विषयमा सबैको सहभागिता हुने दाबी पनि गरे ।

“मुलुकको स्वतन्त्र न्यायापालिकालाई सुदृढ, शुद्धीकरण गर्ने र मर्यादित बनाउने विषयमा सबैको सहभागिता हुन्छ भन्ने लाग्छ,” उनले भने, “सबैले छलफलको प्रक्रियामा भाग लिन्छन् । निर्णय प्रक्रियामा भाग लिन्छन् ।”

Global Ime bank

मन्त्री बडूले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले आफूमाथि उठेको आशंकाको समाधान गर्ने बेला आएको पनि बताए । महाअभियोग प्रस्तावलाई मतदान प्रक्रियामा नै नलैजाने भन्ने विषयमा आशंका नगर्न पनि एमालेलाई आग्रह गरे ।

“उहाँहरूले आशंका गर्ने होइन । आफूमाथि उठेको आशंकालाई समाधान गर्ने समय पनि आउँदै छ,” उनले भने । उनको भनाइ संसद्मा जारी अवरोधप्रति लक्षित थियो ।

संसद्मा नागरिकता विधेयक, तेजाबको प्रयोगविरुद्धको विधेयकलगायतमा छलफलका लागि एमाले नेतासँग कुराकानी भइरहेको उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २९, २०७८  १४:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement