देश

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३२ जना कोभिड संक्रमित थपिएका छन् ।
आज काठमाडौंमा २८, भक्तपुरमा ४ र ललितपुरामा ७ जना संक्रमित थपिएका हुन् । योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ८६५ पुगेको छ ।
आज देशभर ५ हजार २३० जना होम आइसोलेसनमा, ११० जना संस्थागत आइसोलेसनमा रहेका छन् । तीमध्ये ३४ जना आईसीयूमा र ५ भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, फागुन २६, २०७८ १७:२२
प्रतिक्रिया दिनुहोस्