देश
काठमाडौं । आज विश्व मिर्गौला दिवस । नेपालमा प्रत्येक वर्ष तीन हजारजना मिर्गौलाका बिरामी थपिने गरेको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ ।
यो संख्या हाल तीन लाख पुगेको छ । तीमध्ये चार हजार बिरामी डायलासिस गर्नुपर्ने अवस्थाका रहेको संगठनको तथ्यांक छ ।
सरकारले मिर्गौलाको डायलासिस गर्नुपर्ने विपन्न वर्गका नागरिकका लागि एक लाख रुपैयाँ सहुलियत तथा निःशुल्क डायलासिस गर्ने व्यवस्था गरेको छ ।
नेपालमा उच्च रक्तचाप, मधुमेह, मिर्गौलामा संक्रमण, मिर्गौलामा पत्थरीलगायत कारणले मिर्गौलामा समस्या हुने गरेको पाइएको छ ।
प्रकाशित मिति: बिहीबार, फागुन २६, २०७८ ११:५८
प्रतिक्रिया दिनुहोस्