देश
![झापामा एम्बुलेन्सको ठक्करबाट युवकको मृत्यु](https://12khari.top/uploads/posts/Accident-sketch1614604753.jpg)
![Royal Enfield Island Ad](https://baahrakhari.com/uploads/bigyaapan/15756600.gif)
काठमाडौं । झापाको कनकाई नगरपालिका–९, घैलाडुब्बामा एम्बुलेन्सको ठक्करबाट पैदलयात्री युवकको मृत्यु भएको छ । स्थानीय ३६ वर्षीय उमेश थापाको मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएका थापाको उपचारका क्रममा बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा मृत्यु भएको जनाइएको छ ।
हिजो बेलुका करिब ७ बजे मे१च ५२५ नम्बरको एम्बुलेन्सले थापालाई ठक्कर दिएको थियो । एम्बुलेन्ससहित चालक इलाका प्रहरी कार्यालय अनारमनीको नियन्त्रणमा छन् ।
प्रकाशित मिति: बिहीबार, फागुन २६, २०७८ १०:०८
प्रतिक्रिया दिनुहोस्