site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
घट्दै सेयर बजारमा लगानीकर्ताको सक्रियता, नेप्से ३० अंकले घट्यो
SkywellSkywell

काठमाडौं । साताको चौथो दिन सेयरबजार परिसूचक नेप्से ३०.२९ अंकले घटेर २५१४.६५ अंक कायम भएको छ ।

बुधबार नेप्से सुरुवाती चरणमा केही सकारात्मक देखिए पनि दिनभर राताम्य भएको थियो ।

Dabur Nepal
NIC Asia

यसदिन नेप्सेसँगै ‘क’ वर्गका कम्पनी मापन गर्ने सूचक सेन्सिटिभ इन्डेक्स ५.४६ अंकले घटेर ४८७.०७ विन्दुमा बन्द भएको छ । 

नेप्सेसँगै सबै उपसूचकमा गिरावट आएको छ । बजार परिसूचक निरन्तर ओरालो लाग्दा लगानीकर्ताको सक्रियाता पनि घट्दै गएको छ । आज कारोबार रकम दुई अर्ब ३५ करोडमा सिमित भएको छ ।

बुधबार नेपाल दूरसञ्चार कम्पनीको साढे १० करोडमाथि र एनआईसी एसिया बैंकको साढे १० करोड रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।

कुल १९२ कम्पनीको सेयर कारोबारमा आउँदा १७१ कम्पनीको सेयरम मूल्यमा गिरावट भएको छ । यस्तै, १९ कम्पनीको सेयरमूल्य वृद्धि भयो भने दुई कम्पनीको स्थिर  रह्यो ।

बजारमा कारोबार भएकामध्ये माउन्टेन इनर्जीको सवार्धिक ८.१० प्रतिशतले वृद्धि भएको छ । हालै सूचीकृत भएर दोस्रो बजारमा कारोबार सुरु भएको इमर्जिङ नेपालको सेयर मूल्य ३.९९ प्रतिशत र आइसीएफसी फाइनान्सको सेयर मूल्य ३.९५ प्रतिशतले वृद्धि भएको छ ।

त्यसैगरी, विशालबजार कम्पनीको सेयर मूल्य ५.७८ प्रतिशतले गिरावट हुँदा सामुदायिक लघुवित्तको ५.६० प्रतिशत र बुद्धभूमि लघुवित्तको सेयर मूल्य ५.४१ प्रतिशतले गिरावट भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २५, २०७८  १५:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro