site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
लन मस्कको चुनौती– टीभीमै रेडियोधर्मी विकीरण भएको स्थानको खाना खाइदिन्छु
SkywellSkywell

न्युयोर्क । विश्वकै धनी अर्बपति एलन मस्कले युरोपलाई अहिले निष्क्रिय अवस्थामा रहेका आणविक ऊर्जा भट्टीहरू फेरि सञ्चालनमा ल्याएर थप ऊर्जा उत्पादन गर्न आह्वान गरेका छन् । 

यसबारे मानिसहरूले रेडियोधर्मी विकीरणको खतराबारे प्रतिक्रिया जनाउँदै आफूले उच्च विकीरणको खतरा रहेको स्थानमा गएर उत्पादिन खाना टेलिभिजनमा नै खाएर देखाउने दाबी गरेको छन् । 

उनले आफूले यसअघि नै जापानको फुकुसिमा आणविक भट्टी दुर्घटना भएको केही समयपछि नै यस्तो साहसिक काम गरेर देखाइसकेको बताएका छन् ।

Dabur Nepal
NIC Asia

विद्युतीय कार उत्पादक टेस्ला कम्पनीका प्रमुख कार्यकारिणी अधिकारी मस्कले आइतबार प्राकृतिक ग्यासको अभावको आपूर्तिका लागि युरोपलाई थप आणविक ऊर्जा उत्पादन गर्न आग्रह गरेका हुन् ।

मस्कले ट्विटरमा लेखेका छन्, "युरोपले सञ्चालन रोकेर निष्कृय अवस्थामा राखेका भट्टीहरू पुन: सञ्चालन र हाल सञ्चालनमा रहेका भट्टीहरूबाट पनि बढी मात्रामा ऊर्जा उत्पादन गर्नु पर्दछ ।"

उनको भनाइलाई व्यंग्य गर्दै एज कन्सल्टिङ ग्रूपका संस्थापक जिम ओस्मानले भनेका छन्, "कुनै भ्टटीको व्यवस्थापनमा पुन गोलमाल र सबैतिर रेडियोधर्मी विकीरण चुहावट नभएसम्म यसरी थप ऊर्जा उत्पादन गरिनुपर्दछ । यसले अझै बढी खतरा निम्त्याउनेछ ।" 

तर मस्कले विकीरणको खतराको विचार गलत कुरा भएको भन्दै आफ्ना फलोअरहरूलाई चुनौती दिएका छन् । 

उनले भनेका छन्, "गल्तीवश विकीरणको खतराबारे सोच्ने जो कोहीले सबैभन्दा खराब स्थान पहिल्याउनू, म त्यहीँ गएर स्थानीय रूपमा उमारिएको खाना सबैले देख्ने गरी टेलिभिजनमा खाएर देखाइदिन्छु ।"

मस्कले सन् २०११ को जुलाईमा फुकुसिमाको भ्रमण गरेको सोलार सिटीबाट जारी गरिएको प्रेस विज्ञप्तिमा जनाइएको छ । टेस्लाले सन् २०१६ मा सोलार सिटी प्राप्त गरेको हो । जापानको आसाही सिम्बुन मिडिया आउटलेटले पनि मस्कको भ्रमणको पुष्टि गरेको छ । 

तर इन्साइडरले दाबी गरिएजस्तै मस्कले त्यसरी जापानमा स्थानीय स्तरमा उमारिएको खाना खाए वा खाएनन् भनेर स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन । 

विश्वको इतिहासमा सन् १९८६ मा ततकालिन सोभियत संघको चेर्नोबिल र सन् २०११ म जापानको फुकुसिमामा गरी दुईवटा ठूलो आणविक भट्टी दुर्घटना भएको छ ।

बिज्नेसन इन्साइडरबाट ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन २३, २०७८  २२:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu