अर्थ व्यवसाय
काठमाडौं । सन् २०२२ को फेब्रुअरीमा पनि टाटा नेक्सन शीर्ष स्थानमा पर्न सफल एसयूभी भएको छ । टाटा नेक्सन भारतमा सर्वाधिक बिक्री भएको एसयूभी बनेको हो ।
यसले हुन्डाई, किया र महिन्द्राका एसयूभीलाई पछि पार्दै शीर्ष स्थान ओगट्न सफल भएको कम्पनीले जनाएको छ ।
टाटा मोटर्सले गएको जनवरीमा मात्रै हुन्डाई, किया र मारुती सुजुकीलाई पछाडि पार्दै शीर्ष स्थानमा हुन सफल भएको थियो । टाटाले जनवरीमा १३ हजार ८१६ वटा नेक्सन बिक्री गरेको जनाएको छ भने फेब्रुअरीमा १२ हजार २५९ वटा नेक्सन एसयूभी बिक्री भएको जनाएको छ ।
यो गत वर्षको सोही महिनाको समग्र बिक्रीदरको तुलनामा ५४.६ प्रतिशतले बढी रहेको कम्पनीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, फागुन २२, २०७८ १४:०५
प्रतिक्रिया दिनुहोस्