site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
आठ लाखमा नेपालबाट भारतमा मिर्गौला तस्करी ! पक्राउ परे आरोपी

काठमाडौं । मानव बेचबिखन तथा ओसारपसार उद्योग कसुरमा संलग्न रहेको आरोपमा काठमाडौंबाट एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–४ मा डेरा गरी बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका–१९ घर भएका ३९ वर्षीय मोती लामा छन् ।

उनले आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरूलाई 'एउटा मिर्गौला झिक्दा खासै फरक नपर्ने र ८ लाख रुपैयाँ हात पर्छ' भनी प्रलोभन देखाएको पाइएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार उनले प्रलोभनमै पारेर मिर्गौला झिक्नका लागि भारत लैजान काठमाडौं महानगरपालिका–१६ माछापोखरीस्थित एक होटलमा दुईजनालाई राखेको पाइएको छ । प्रहरीले दुईजना पीडितको उद्धारसमेत गरेको छ ।

प्रहरीले माछापोखरीस्थित होटल न्यू दक्षिणकालीबाट दुईजना पीडितको उद्धार पनि गरेको छ ।

उनीमाथि मानव बेचबिखन तथा ओसारपसार उद्योग कसुरमा जिल्ला अदालत काठमाडौंबाट ७ दिनको समय मागेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शुक्रबार, फागुन २०, २०७८  १३:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro