विदेश
काठमाडौं । युक्रेनमा रहेको युरोपकै सबैभन्दा ठूलो परमाणु ऊर्जा केन्द्रलाई रुसले कब्जा गरेको छ । जापोरिज्या परमाणु ऊर्जा केन्द्रलाई रुसी सेनाले चारैतिरबाट हमला गरेपछि आगलागी भएको थियो ।
युक्रेनको आपत्कालीन सेवाले जापोरिज्या परमाणु ऊर्जा केन्द्रमा लागेको आगो निभाइएको जनाएको थियो । सो परमाणु ऊर्जा केन्द्रलाई रुसी फोर्सले कब्जा गरेको युक्रेनी अधिकारीले बताएका छन् ।
“सञ्चालक कर्मचारीहरूले पावर युनिटहरूको अवस्थाको अनुगमन गरिरहेका छन्,” एक स्थानीय अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । बीबीसीबाट ।
प्रकाशित मिति: शुक्रबार, फागुन २०, २०७८ १३:१०
प्रतिक्रिया दिनुहोस्