मस्को । रुसको शिक्षा मन्त्रालयले मुलुकभरिका विद्यालयका बालबालिकाहरूलाई युक्रेनमा स्वाधीनता मिसन अर्थात् युद्ध किन आवश्यक छ भन्ने विषयमा भर्चुअल पाठ पढाउने घोषणा गरेको छ । स्थानीय समयानुसार बिहीबार मध्याह्न उक्त पाठ प्रसारण गरिने कार्यक्रम छ ।
विद्यार्थीलगायत दर्शकहरूलाई रुसका लागि उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)को खतरा र रुस किन पूर्वी युक्रेनका दोनेत्सक र लुहान्स्क जनगणतन्त्रको रक्षा लागि लागि संलग्न भयो भन्नेबारे बुझिने गरी शिक्षा दिइने बताइएको छ ।
शिक्षा मन्त्रालयको फेसबुक पेजमा राखिएको विज्ञप्तिमा ती बालबालिकाले अचेल इन्टरनेटमा बाढीजस्तै उर्लिरहेका सूचना, तस्बिर र भिडियोहरूमध्येबाट कसरी झुटो र साँचो छुट्ट्याउने भन्ने तरिका र ज्ञान पनि सिक्ने उल्लेख गरिएको छ । बीबीसीबाट ।