site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नेपाल सुपर लिग : १० टिमका सम्भावित प्रशिक्षक र मार्की खेलाडी
फाइल तस्बिर ।
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नेपाल सुपर लिगको दोस्रो संस्करणका लागि आउँदो शुक्रबार खेलाडीको अक्सन गरिँदै छ । प्रतियोगिताका टोलीले प्रशिक्षक र मार्की खेलाडी लगभग टुंगो लगाएका छन् ।

प्रतियोगिताका पुराना सात टोलीले प्रशिक्षक र मार्की खेलाडी लगभग टुंगाइसकेका छन् । तर, नयाँ टिम स्पोर्टिङ इलाम दी मेची, वीरगन्ज युनाइटेड र झापा फुटबल क्लबले भने अझै प्रशिक्षक र मार्की खेलाडी टुंगो लगाउन सकेका छैनन् । अक्सन हुन दुई दिन पनि बाँकी छैन । तर, क्लबहरूले मुख्य प्रशिक्षक र मार्की खेलाडीको नाम खुलाउन चाहेका छैनन् ।

प्रतियोगिता आउँदो अप्रिल ९ देखि मे २१ सम्म हुने आयोजकले जनाएको छ । यद्यपि, प्रतियोगिता अप्रिल ६ देखि सुरु हुने भनिएको छ । आयोजक नेपाल सुपर लिगले अक्सनका लागि २४० भन्दा धेरै खेलाडीको नाम तय गरेको छ । खेलाडीलाई तीन श्रेणीमा वर्गीकरण गरिएको छ । ‘ए’ श्रेणीमा ४० खेलाडी छन् भने ‘बी’ र ‘सी’ श्रेणीमा समान १०० खेलाडी छन् ।

Agni Group
NIC Asia

अघिल्लो सिजन एक टिममा २० खेलाडी राख्न दिइएको थियो । यसपटक २३ खेलाडी अनुबन्ध गर्न पाउनेछन् । विदेशी खेलाडीको हकमा गत संस्करणमा तीन खेलाडी मात्र थिए । त्यसलाई बढाएर पाँच बनाइएको छ । तीमध्ये एकपटकमा चार खेलाडीले खेल्न पाउनेछन् । २२ मार्की खेलाडीको सूची बनाइएको थियो । मार्की खेलाडी हुन नसकेका खेलाडीलाई पनि अक्सनमा बोली लाग्ने आयोजकले जनाएको छ ।

गत वर्ष उपाधि जितेको काठमाडौं रेजर्सले योपटक पनि बालगोपाल महर्जनलाई मुख्य प्रशिक्षकमा निरन्तरता दिएको छ । मार्की खेलाडीमा पनि विकेश कुथुलाई निरन्तरता दिएको छ । गत सिजन काठमाडौंले धनगढी एफसीलाई १–० ले हराउँदै उपाधि जितेको थियो ।

Global Ime bank

त्यस्तै, उपविजेता धनगढीले युगलकिशोर राईलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ । गत सिजन राईले फुजा तोपेको सहायकका रूपमा काम गरेका थिए । धनगढीले गत सिजनका मार्की खेलाडी विशाल राईलाई नै निरन्तरता दिएको छ ।

धनगढीको मुख्य प्रशिक्षक रहेका फुजा तोपेले योपटक चितवन एफसीको जिम्मेवारी सम्हाल्ने भएका छन् । चितवनले अनन्त तामाङलाई मार्की खेलाडीका रूपमा अनुबन्ध गरेको छ । थ्री स्टार क्लबबाट सहिद स्मारक ‘ए’ डिभिजन लिग खेलेका अनन्त भारतको इन्डियन सुपर लिगको क्लबमा अनुबन्ध हुने पहिलो नेपाली खेलाडी हुन् । उनी अहिले भारतमा छन् । गत सिजन चितवनले भरत खवासलाई मार्की खेलाडी बनाएको थियो ।

गत सिजन चितवन एफसीको जिम्मेवारी सम्हालेका मेघराज केसी भने योपटक नयाँ क्लब स्पोर्टिङ इलाम दी मेचीसँग अनुबन्ध भएका छन् । इलामले तेज तामाङलाई मार्की खेलाडीका रूपमा राख्ने सम्भावना बलियो छ । अर्का खेलाडी नवयुग श्रेष्ठको चर्चा भए पनि उनी चोटबाट गस्रित भएकाले तेजको सम्भावना बलियो छ । यद्यपि, तेजलाई पनि काठमाडौंले छाड्न चाहेको छैन ।

मच्छिन्द्र फुटबल क्लबलाई लगातार दोस्रोपटक सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि जिताउन सफल प्रवेश कटवाल भने ललितपुर सिटीसँग आबद्ध भएका छन् । ललितपुरले गत सिजन प्रदीप हुमागाईंलाई मुख्य प्रशिक्षक बनाएको थियो ।

ललितपुरले विमल घर्तीमगरलाई मार्की खेलाडीका रूपमा अनुबन्ध गरेको छ । ललितपुरले गत सिजन अञ्जन विष्टलाई मार्की खेलाडी बनाएको थियो । अञ्जन योपटक नयाँ क्लब झापा एफसीको मार्की खलाडी बनेका छन् ।

बुटबल लुम्बिनी एफसीले मार्की खेलाडीमा विशाल श्रेष्ठलाई योपटक पनि निरन्तरता दिएको छ । तर, मुख्य प्रशिक्षकमा भने परिवर्तन गरेको छ । गत सिजन सनोज श्रेष्ठले बुटवल लुम्बिनी हेरेका थिए । योपटक अनन्तराज थापाले बुटबल लुम्बिनीको जिम्मेवारी सम्हाल्नेछन् । अनन्त सहिद स्मारक ‘ए’ डिभिजन लिगमा नेपाल पुलिस क्लबका प्रशिक्षक थिए ।

पोखरा थन्डर्सले नवीन न्यौपानेलाई निरन्तरता दिने भएको छ । पोखराले सुजल श्रेष्ठलाई मार्की खेलाडी बनाएको छ । गत सिजन पोखराले नवयुग श्रेष्ठलाई मार्की खेलाडी बनाएको थियो ।

विराटनगरले विष्णु गुरुङलाई मुख्य प्रशिक्षक बनाएको छ । विष्णुले ‘ए’ डिभिजन लिगमा संकटाको जिम्मेवारी सम्हालेका थिए । गत वर्ष भारतका यान ल विराटनगरका मुख्य प्रशिक्षक थिए । विराटनगरले रञ्जित धिमाललाई मार्की प्लेयरमा निरन्तरता दिएको छ ।

अर्को नयाँ क्लब वीरगञ्जको भने केही कुरा बाहिर आएको छैन । यद्यपि, सुनील बल वीरगञ्जको मार्की खेलाडी हुने सम्भावना छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन १८, २०७८  १६:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय