site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मेचीनगरमा ७३ वटा सीमास्तम्भ हराए
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

गगन ढकाल
झापा । नेपाल–भारत सिमाना छुट्ट्याउन मेची नदी आसपासमा राखिएका एकतिहाइ सीमास्तम्भ आफ्नो नगर क्षेत्रबाट हराएको मेचीनगर नगरपालिकाले जनाएको छ ।

मेचीनगरको पूर्वी क्षेत्र भारतसँग लगभग ३२ किलोमिटर सीमा जोडिएको छ । यस क्षेत्रमा नेपाल–भारत सिमाना छुट्टयाउन राखिएका २२१ सीमास्तम्भमध्ये १४८ वटा मात्र भेटिएको मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले बताए । ७३ सीमास्तम्भहरू हराएको पाइएको जनाउँदै उनले त्यसबारेमा नेपाल सरकारलाई औपचारिक जानकारी गराउने बताए ।

मेचीनगर नगरपालिकाको पूर्वी भाग भारतको पश्चिम बंगाल राज्यको दार्जिलिङ जिल्लासँग जोडिएको छ । मेची नदीलाई सामान्यतया सीमा नदी मानिने गरिए तापनि वास्तविक सीमारेखा छुुट्ट्याउन नदीको आसपासमा सिमेन्टको सीमास्तम्भ गाडिएका छन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

निकट भविष्यमा सीमा सुरक्षा सम्बन्धमा नेपाल र भारतबीच सचिवस्तरीय बैठक हुन लागेका बेला मेचीनगर नगरपालिकाले आफ्नो क्षेत्रको सीमाको अवस्थाबारे बुझ्न सीमा अनुगमन गरिएको हो । नगरप्रमुख आचार्य, उपप्रमुख मीना उप्रेती, वडाध्यक्षहरू, सशस्त्र प्रहरी, सञ्चारकर्मीसहितको टोलीले गएको सोमबार नगरसँग सीमा जोडिएको ३२ किलोमिटर सीमा क्षेत्रको अनुमगन गरेको थियो ।

Royal Enfield Island Ad

भारतीय नाकासँग सीमा जोडिएको मेचीनगरको सीमाको अवस्था कस्तो छ भन्ने जानकारी लिन अनुगमन गरिएको नगरप्रमुख आचार्यले बताए । “हाम्रो नगरभित्र सीमामा समस्या छ/छैन अध्ययन गर्न भारतसँगको सीमा क्षेत्रको अवलोकन गरिएको हो,” उनले भने ।

मेचीनगरका वडा नम्बर–१, ४, ५, ६, ७ र १५ भारतसँग सीमा जोडिएको छ । सो क्षेत्रमा २२१ सीमास्तम्भहरू हुनुपर्नेमा १४८ वटा मात्र रहेको पाइएको हो । तीमध्ये ७३ स्तम्भहरू बाढीले बगाएको र केही पुरिएको अवस्थामा रहेको हुन सक्ने अनुमान छ । कतिपय ठाउँमा सीमास्तम्भ नभएकाले मिमाना छुट्टाउनै कठिन छ ।

टोलीले नेपाली र भारतीय सुरक्षाकर्मीसँग समेत सीमास्तम्भहरूका बारेमा जानकारी लिएको थियो ।

(प्रशिक्षार्थी पत्रकार)

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन १८, २०७८  १०:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro