काठमाडौं । युक्रेनमा भएको भीषण युद्धको पाँच दिनमा पाँच हजार ७१० रुसी सैनिक मारिएको युक्रेनी सैन्य अधिकारीहरूले दाबी गरेका छन् ।
युक्रेनको जेनेरल स्टाफका एकजना प्रवक्ताले फेसबुकमा पोस्ट गरेको भिडियो सन्देशमा २०० भन्दा बढी रुसी सैनिकलाई युद्धबन्दी बनाइएको पनि बताएका छन् ।
ती अधिकारीले १९८ रुसी ट्यांक, २९ विमान, ८४६ बख्तरबन्द गाडी र २९ हेलिकोप्टर पनि ध्वस्त पारेको दाबी गरेका छन् । यी दाबीको स्वतन्त्र पुष्टि गर्न नसकिएको बीबीसीले जनाएको छ ।
युक्रेनमाथि आक्रमणमा मस्कोको फौज ठूलो क्षतिबाट गुज्रिरहेको यूकेको रक्षा मन्त्रालयको विश्वास छ ।
रुसी सैनिक नमारिएको दाबी गरेको मस्कोले आइतबार आफ्ना सैनिकहरू हताहत भएको स्वीकार गर्न बाध्य भएको थियो । बीबीसीबाट ।