site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सूर्या लाइफको योजना : एक करोडको बिमा प्रतिमहिना १२ सयमा
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले सूर्या सुरक्षाकवज  बिमा योजना ल्याएको छ । हालको विषम परिस्थितिमा आर्थिक क्षेत्रमा आएको मन्दी तथा कोरोना भाइरसले जनजीवनमा देखिएको त्रासका कारण समेत जीवनको रक्षावरण गर्न अपरिहार्य रहेको सन्दर्भमा यो योजना लोकप्रिय हुने कम्पनीले जनाएको छ ।

बिमा गर्दा ठुलो धनराशीको आवश्यकता पर्ने भ्रम जनमानसमा रहेको अवस्थामा यो जीवन बिमा योजनाले बिमालाई हेर्ने दृस्टिकोणमा समेत सकारात्मक प्रभाव पर्ने र बिमाको दायरा फराकिलो बनाउनमा सहयोग गर्ने कम्पनीले जनाएको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

१८ वर्षको उमेर समुहले १ करोड रुपैयाँको बिमाङ्कमा वार्षिक १४ हजार ५५० वा मासिक १२ सय रुपैयाँमा बिमा गर्न सक्ने कम्पनीले जनाएको छ । १८ देखि ६५ वर्षका सबै नागरिक सुरक्षित र जीवनको रक्षावरण होस भन्ने अवधारणलाई आत्मसात गरी  सम्भवत: नेपालको बिमा बजारमा सबै भन्दा न्यून बिमा शुल्कमा यो जीवन बिमा प्रचलनमा ल्याईएको कम्पनीले जनाएको छ ।

सूर्या सूरक्षाकवज योजना न्यूनतम १ लाखदेखि आयस्रोतको आधारमा जतिपनि गर्न सकिनेछ । जोखिम बहनका साथै अतिरिक्त क्रिया खर्च सहितको सुविधा भएको यो योजनालाई अन्य योजनाहरूसँग समिश्रण गरी थप जोखिम बहन हुने गरी लिन सकिने जनाइएको छ । १ देखि ३० वर्षसम्म बिमा अवधि भएको यो जीवन बिमा योजनामा बीमितको इच्छानुसार एकल भुक्तानी वा बार्षिक, अर्धबार्षिक, त्रैमासिक तथा मासिक किस्तामा बिमा शुल्क रकम बुझाउन सकिने जनाइएको छ ।

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १७, २०७८  १५:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro