site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सत्ता गठबन्धन दल जनमोर्चाले एमसीसीको विपक्षमा मतदान गर्ने 
Siddhartha BankSiddhartha Bank

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दल राष्ट्रिय जनमोर्चा (राजमो)ले अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताको विपक्षमा मतदान गर्ने भएको छ ।

राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष समेत रहेकी सांसद दुर्गा पौडेलले आफू एमसीसीको विपक्षमा मतदान गर्ने निर्णयमा अडिग रहेको बताइन् ।

Agni Group
NIC Asia

“हामी पूर्वअडानमा कायम छौँ । एमसीसीको विपक्षमा मतदान गर्छौँ,” उनले बाह्रखरीसँग भनिन् ।

एमसीसीको विपक्षमा मतदान गर्दा गठबन्धनबाट बाहिरिनु परे पनि तयार रहेको उनको भनाइ छ । पाँचदलीय गठबन्धनको बैठक भनिए पनि आज बिहान बालुवाटारमा बसेको बैठकमा जनमोर्चाका कोही पनि सहभागी थिएनन् ।

Global Ime bank

“उहाँहरूले केही भन्नुभएको छैन । एमसीसीको विपक्षमा मतदान गर्दा गठबन्धनबाट बाहिरिनुपर्छ भने तयार छौँ,” उनले भनिन् । प्रतिनिधिसभामा राजमोबाट पौडेल मात्रै सांसद छिन् ।

उक्त पार्टीले एमसीसी सम्झौता संसद्बाट अनुमोदन गर्न नहुने अडान राख्दै आएको छ । सत्ता गठबन्धनका शीर्ष नेताहरूको आइतबार बिहान बसेको बैठकले एमसीसी व्याख्यात्मक घोषणासहित प्रतिनिधिसभाबाट अनुमोदन गर्ने निर्णय गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १५, २०७८  १३:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय