राजनीति
काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताका विषयमा निर्णय लिन जनता समाजवादी पार्टी (जसपा)का सांसदहरू अहिले सिंहदरबारमा भेला भएका छन् ।
जसपाका नेता नवराज सुवेदीका अनुसार सांसदहरू सिंहदरबारमा भेला भएका हुन् । बैठकले एमसीसीको पक्ष/विपक्ष कता उभिने भनेर आधिकारिक निर्णय गर्ने बताइएको छ ।
पार्टीभित्र संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई एमसीसी अनुमोदन गराउनुपर्ने पक्षमा छन् । अध्यक्ष उपेन्द्र यादव भने त्यस विषयमा मौन रहँदै आएका छन् ।
आज बस्ने प्रतिनिधिसभा बैठकबाट एमसीसी अनुमोदन गराउने सरकारको तयारी छ । सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने सहमति भएको छ ।
प्रकाशित मिति: आइतबार, फागुन १५, २०७८ १२:४८
प्रतिक्रिया दिनुहोस्