site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
शिवरात्रिका दिन पशुपतिका चार किल्लामा मासु, मदिरा तथा नशालु पदार्थ किनबेच गर्न निषेध
SkywellSkywell

काठमाडौं । शिवरात्रिका दिन पशुपतिका चार किल्लामा मासु, मदिरा र नशालु पदार्थहरु उत्पादन, बेचविखन, ओसार प्रसार, भण्डारण र सेवन गर्न नपाइने भएको छ ।

शिवरात्रिलाई लक्षित गर्दै धार्मिक सांस्कृतिक मर्यादा एवं पवित्रता कायम राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक सूचना जारी गर्दै सो गतिविधि गर्न निषेध गरेको हो ।

Dabur Nepal
NIC Asia

गौशला–मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सीमानादेखि पश्चिम, गौशला तिलगंगा चक्रपथदेखि उत्तर र मित्रपार्क उमाकुण्ड गौरीघाट हुँदै वाग्मतीदेखि दक्षिण गरी चार किल्लामा यस्ता क्रियाकलाप गर्न निषेध गरिएको प्रशासनद्वारा जारी सूचनामा उल्लेख छ ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ उपदफा ३ को (क) र (ख) अनुसार मेलापर्व अवधि र अन्य समयमा समेत लागु हुनेगरी पूर्ण रुपमा रोक लगाइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए ।  

कोही कसैले सूचनाको बर्खिलाप कुनै काम गरेमा स्थानीय प्रशासन ऐन, २०२८ अनुसार कडा कानुनी कारबाही गरिने प्रशासनले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १५, २०७८  ११:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu