राजनीति
काठमाडौं । एमसीसीविरुद्ध बिहीबार बानेश्वर क्षेत्रमा भएको प्रदर्शनमा घाइते भएका डडेलधुराका २७ वर्षीय हेमराज अवस्थी माओवादी केन्द्रको कार्यकर्ता भएको खुलेको छ ।
काठमाडौंमा टीकाथलीमा बस्दै आएका उनी डडेलधुरा नवदुर्गा ५ का स्थायी वासिन्दा हुन् ।
उनका बुवा माओवादीका वडासचिव रहेको पनि खुलेको छ ।
उनी काठमाडौंमा कोरियन भाषा पनि पढाउँथे ।
टाउको गम्भीर चोट बोकेका उनको अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भइरहेको माओवादी सुदूरपश्चिमका इन्चार्ज खगराज भट्टले बताए । "म पनि अस्पतालमै छु । उहाँको अपरेसन गर्ने तयारी भइरहेको छ," उनले भने ।
प्रकाशित मिति: बिहीबार, फागुन १२, २०७८ १९:०८
प्रतिक्रिया दिनुहोस्