देश

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५८ जना कोभिड संक्रमित थपिएका छन् । काठमाडौंमा ५१ र ललितपुरमा ७ जना संक्रमित थपिएका हुन् । भक्तपुरमा भने आज नयाँ संक्रमित थपिएनन् ।
आजसम्म काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ३ हजार ४०० पुगेको छ । आज देशभर ९ हजार ४०६ जना होम आइसोलेसनमा, २७२ जना संस्थागत आइसोलेसनमा, ९३ जना आईसीयू तथा १७ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, फागुन १२, २०७८ १७:१०
प्रतिक्रिया दिनुहोस्