site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चितवनमा फेरि बर्डफ्लुु, कुखुरा नष्ट
फाइल तस्बिर ।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

चितवन । भरतपुर महानगरपालिका–८ स्थित महतो पोल्ट्री इन्डस्ट्रिज प्रालिद्वारा सञ्चालित फर्ममा पालिएका सबै कुखुरा नष्ट गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले सो फर्मको कुखुरामा बर्डफ्लु पुष्टि भएपछि नष्ट गरेको हो ।

केही दिनअघिदेखि कुखुरा मर्न थालेपछि नमुना परीक्षण गरिएको थियो । केन्द्रका निमित्त प्रमुख डा. प्रभात न्यौपानेका अनुसार फर्ममा रहेका पाँच हजार ३०५ लेयर्स कुखुरा, १८ हाँस, १०० किलो दाना र १७६ अन्डा नष्ट गरिएको छ । फर्मलाई सिल गरेर नजिकै रहेको एउटा मासु पसल र वरिपरि पालिएका १८ कुखुरा समेत नष्ट गरिएको उनले जानकारी दिए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

सो फर्ममा तीन खोर रहेका थिए । एउटा खोरमा २१ महिनाका एक हजार ५०० कुखुरा रहेकामा मरेर ४६ वटा बाँकी रहेका थिए । दोस्रोमा सात महिनाका दुई हजार ४०० कुखुरा राखिएकामा मरेर २३२ बाँकी रहेका थिए । तेस्रोमा २८ दिनका पाँच हजार १०० कुखुरा राखिएकामा मरेर पाँच हजार २७ बाँकी रहेका केन्द्रका प्रमुख डा. न्यौपानेले जानकारी दिए ।

केही दिनअघि जिल्लाकै राप्ती नगरपालिका–६ मा रहेको अनिता पशुपन्छी कृषि फर्ममा बर्डफ्लु देखिएको थियो ।

Royal Enfield Island Ad

उनले जिल्लामा ठूलो संख्यामा कुखुरा भएकाले उच्च सावधानी अपनाउन कृषकलाई अनुरोध गरिएको बताए । जिल्लाको पूर्वी र पश्चिम दुवै क्षेत्रमा बर्डफ्लु देखिएपछि कृषकले उच्च सावधानी अपनाउन थालेका छन् । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १२, २०७८  ११:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro