site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
५ देखि ११ वर्षसम्मका बालबालिकाका लागि खोप आउन अझै टुङ्गो लागेन
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । पाँच देखि ११ वर्षसम्मका बालबालिकालाई दिइने कोभिड १९ विरुद्धको खोप आउने अझै टुङ्गो लागेको छैन ।

सरकारले फाइजर कम्पनीसँग ८४ लाख डोज फाइजर खोप ल्याउन प्रक्रिया अघि बढाइरहेको भएपनि खोप कहिलेसम्म आउँछ भन्न सकिने अवस्था नरहेको स्वास्थ्य सेवा विभागले जनाएको छ । विभागको व्यवस्थापन महाशाखाका निर्देशक डा. रुद्र मरासिनी ८४ लाख डोज खोप खरिदका लागि सरकारले फाइजर कम्पनीसँग सबै प्रक्रिया अघि बढाइरहेको बताउँछन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

सरकारले यसअघि नै १२ देखि १७ वर्षसम्मका किशोर किशोरीलाई दिन ६० लाख डोज फाइजर खोप ल्याउने तयारी गरेको थियो । तर कोभ्याक्स सुविधामार्फत् ४० लाख डोज मोर्डना खोप पाउने भएपछि फाइजर खोप खरिद प्रक्रिया पछि धकेलिएको थियो ।

अहिले सोही ६० लाखमा थपेर ८४ लाख डोज फाइजर खोप ल्याउन प्रक्रिया अघि बढाइएको महाशाखाका एक अधिकारीले जानकारी दिए । जसअन्तरगत अहिले शुल्कमा नेगोसिएसन भइरहेको पनि उनले बताए ।

Royal Enfield Island Ad

सरकारले शुल्कबारे टुंगो लगाएपछि मन्त्रिपरिषद्ले खोप ल्याउनेबारे अन्तिम निर्णय गर्नेछ । देशभर ५ देखि ११ वर्षसम्मका बालबालिकाको संख्या करिब ४२ लाख रहेको सरकारको अनुमान छ । अहिले नेपालमा १२ देखि १७ वर्षसम्मका बालबालिकालाई फाइजर र मोर्डना खोप कार्यक्रम जारी छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १०, २०७८  १६:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro