site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एमसीसीका कारण गठबन्धन तलमाथि हुँदैन : प्रचण्ड
फाइल तस्बिर ।
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले एमसीसीका कारण गठबन्धन तलमाथि नहुने दाबी गरेका छन् । सोमबार सिंहदरबारमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलसँगको भेटवार्ताका क्रममा उनले गठबन्धन नटुट्ने बताएका हुन् ।

बैठकपछि प्रचण्डले पछिल्लो राजनीतिक अवस्थाका बारेमा पौडेलसँग छलफल भएको र एमसीसीलाई सदनले टुङ्गो लगाउने भएकाले केही भन्न नसक्ने तर गठबन्धन भने केही नहुने बताए ।

Agni Group
NIC Asia

त्यस्तै छलफलपछि नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले यथास्थितिमा एमसीसीलाई पारित गर्न नसकिने बताएका थिए ।

कांग्रेस नेता रामचन्द्र पौडेलले मुलुकलाई निकास दिन सबै मिलेर अघि बढ्नुपर्ने आफ्नो जोड रहेको बताए । उनले एमसीसीलाई सफल बनाउन छलफल चलाएको जानकारी दिए ।

Global Ime bank

एमसीसी अनुमोदनका लागि समर्थन जुटाउन पौडेलले एमाले, माओवादी केन्द्र, जनता समाजवादी पार्टीलगायत दलका शीर्ष नेताहरूसँगको भेटघाट गरेका हुन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ९, २०७८  १७:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय