site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
खेल
Global Ime bankGlobal Ime bank
नेपाल सुपर लिग : २२ खेलाडी मार्की प्लेयरका लागि सिफारिस
SkywellSkywell

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणका लागि २२ जनालाई मार्की खेलाडी बनाउनका लागि मनोनयन गरिएको छ ।

आयोजक नेपाल स्पोर्टस एन्ड इभेन्ट म्यानेजमेन्टले नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलगायत एन्फाको प्रविधिक टिमसँगको परामर्शमा मार्की खेलाडी चयन गरिएको बताइएको छ । 

Dabur Nepal
NIC Asia

प्रतियोगिताको दोस्रो संस्करणका लागि आयोजकले तीन नयाँ टोली थप गरेको छ । यसअघि सात टोलीले प्रतिस्पर्धा गरेका थिए । यस सिजन स्पोर्टिङ इलाम मेची, झापा एफसी र विरगंज युनाइटेड गरी तीन टोली थपिएको हो । 

गत बैशाखमा सम्पन्न प्रतियोगिताको पहिलो संस्करणमा काठमाडौं रेजर्स, विराटनगर सिटी एफसी, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी एफसी र धनगढी एफसी गरी सात टोलीको सहभागिता थियो ।

प्रतियोगितामा दस फ्रेन्चाइज टिमले दस खेलाडीलाई मार्की प्लेयरका लागि राख्नेछन् । मार्की प्लेयरका लागि नेपाली राष्ट्रिय टोलीका कप्तान किरण चेमजोङ, अन्जन बिष्ट, विशाल राई, विकेश कुथु, नवयुग श्रेष्ठ, विशाल श्रेष्ठ, रजिन धिमाल, अभिषेक रिजाल, अनन्त तामाङ, सुजल श्रेष्ठ, रोहित चन्द, विमल घर्तीमगर, दीनेश राजवंशी, तेज तामाङ, सुनिल बल, मनिष डांगी, पुजन उपरकोटी, सुमन अर्याल, जगजित श्रेष्ठ, विक्रम लामा,  सुनिल लामा, देवेन्द्र तामाङलाई चयन गरिएको छ । 


पहिलो संस्करणको उपाधि काठमाडौं रेजर्सले जितेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ८, २०७८  १९:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro