site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
'खर्चिलो र भड्किलो बन्दै गएको निर्वाचन खर्चलाई निस्तेज गर्न संकल्प आवश्यक'
SkywellSkywell

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले खर्चिलो र भड्किलो बन्दै गएको निर्वाचन खर्चलाई  निस्तेज गर्ने विषयमा साझा संकल्प र इमान्दार प्रयत्न आवश्यक पर्ने बताएका छन् । छैटौँ निर्वाचन दिवसका अवसरमा उनले विश्वसनीय र मितव्ययी निर्वाचनको संकल्प पूरा गर्नुपर्ने बताए । 

“निर्वाचन वालिग मताधिकारका आधारमा प्रतिनिधि छान्ने प्रक्रिया मात्र नभई जनतालाई शक्तिशाली बनाउने लोकतन्त्रको मेरुदण्ड पनि भएकोले यसलाई कुनै पनि अवाञ्छित गतिविधिबाट प्रभावित हुन नदिई आस्था, विचार र सिद्धान्तबाट निर्देशित एवम् परिचालित हुने वातावरण बनाइनु पर्दछ । यसका निम्ति खर्चिलो र भड्किलो बन्दै गएको निर्वाचन खर्चलाई नैतिकता र इमान्दारिताको अभ्यास, स्वनियन्त्रण पद्धतिको अनुसरण र सामाजिक सचेतनाको प्रयासबाट निस्तेज गर्ने विषयमा साझा संकल्प र इमान्दार प्रयत्न आवश्यक पर्दछ,” उनले भनेका छन्,“ आगामी निर्वाचनमा हाम्रा सबै प्रयासहरू यसैतर्फ केन्द्रित गरी स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी निर्वाचनको हाम्रो संकल्प पूरा होस् भन्ने हाम्रो दृढ धारणा रहेको छ ।”

KFC Island Ad
NIC Asia

उनले आउँदो वैशाख ३० मा हुन लागेको स्थानीय तहको निर्वाचन सम्पन्न गर्न सहयोगका लागि आग्रह पनि गरेका छन् ।

निर्वाचनलाई व्यवस्थित ढंगले सम्पन्न गर्न आयोगले मौजुदा नीतिगत, कानूनी र संस्थागत व्यवस्थाको उपयोग गर्दै आवश्यक तयारीका कार्यहरू प्रभावकारी ढंगले सम्पादन गर्दै आइरहेको उनको भनाइ छ ।

 आयोगले मतदाता नामावली अद्यावधिक, निर्वाचन सम्बन्धी योजना, कार्यविधि, निर्देशिका र मापदण्डहरूको तयारी, निर्वाचन सामग्री तथा वित्तीय व्यवस्थापनको कार्य र मतदाता शिक्षा एवम् प्रचार प्रसार कार्य योजना आदि तयार गरिएको उनले बताए । 

यस्तो छ उनको वक्तव्यको पूर्ण पाठ

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन ६, २०७८  १८:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro