काठमाडौं । रेमिट हाइड्रोले बनाउन लागेको ताप्लेजुङमाको घुन्सा खोला जलविद्युत आयोजनामा एनएमबि बैंकले लगानी गर्ने भएको छ । एनएमबि बैंक र रेमिट हाइड्रोबीच ७७.५ मेगावाट क्षमताको घुन्सा खोला जलविद्युत आयोजनामा लगानी गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
जनताको जलविद्युत कार्यक्रममा समावेश भएको घुन्सा खोला जलविद्युत आयोजना रेमिट हाइड्रोद्वारा प्रवर्द्धित आयोजना हो । रेमिट हाइड्रोको मुख्य लगानीकर्ता हाइड्रो इलेक्ट्रीसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लि. तथा रेमिट्यान्सकर्ताहरू लगानी रहेका छन् ।
एनएमबि बैंकले समझदारीपत्रमा हस्ताक्षरपछि अन्य बैंक तथा वित्तीय संस्थाहरुलाई समेत सामेल गराई सह—वित्तीयकरण गठन गरी अयोजनाको वित्तीय व्यवस्थापन हुनेछ । घुन्सा खोला जलविद्युत आयोजनाको कुल अनुमानित लागत १८ अर्ब २५ करोड रहेको छ ।
नेपाल राष्ट्र बैंकबाट जारी पर्यावरण र सामाजिक जोखिम व्यवस्थापन निर्देशन २०२२ अनुसार एनएमबि बैंकले वातावरणीय तथा सामाजिक नीति तयार पारी त्यस बमोजिम बैंकले पर्यावरण तथा सामाजिक व्यवस्थापन प्रणाली लागु गरिसकेको जनाएको छ ।