site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मछिन्द्रलाई लगातार दोस्रोपटक लिग उपाधि
फाइल तस्बिर ।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । मछिन्द्रका व्यवस्थापक अनिल श्रेष्ठ दशरथ रंगशालाको गेट छिर्नेबित्तिकै सरासर पोस्ट तिर अघि बढे । उनले त्रिपुरेश्वरतर्फको पोस्टका दुवै पोलमा ढोगे । अनि ‘ड्रेसिङ रुम’मा छिरे । प्लेयर बक्समा पुगेपछि अगाडि गएर फेरि मैदानमा ढोगे ।

लिगका प्राय सबै खेलमा उनले खेल मैदान ढोक्छन् । तर आज उनले पोस्टको पोल पनि ढोगे । उनी चाहन्थे आज टिमले राम्रो नतिजा निकालोस् । कारण आजको खेल मछिन्द्रका लागि महत्वपूर्ण थियो । सातदोबाटो युथविरुद्ध जितेमा मछिन्द्रले लगातार दोस्रोपटक उपाधि जित्ने थियो । 

अनिलकै चाहनाअनुरूप खेलाडीले प्रदर्शन गरे । पहिलो हाफमा गोलका केही अवसर खेर फाले पनि मछिन्द्रले ५३औँ मिनेटमा नुर्लान नोभ्रोजोभले गरेको गोलबाट अग्रता लियो । अजरबैजानका उनै नर्लानले गरेको गोल मछिन्द्रलाई जितमा निर्णायक बन्यो । सुनिल बलले वायाँ भागबाट गरेको क्रसमा देवेन्द्र तामाङले ६ यार्ड बक्सबाट हेडिङ प्रहार गरेका थिए । देवेन्द्रको प्रहार सातदोबाटोका गोलकिपर अभिषेकले बचाए । तर क्रसबार लागेर रिबाउन्डमा आएको बललाई नुर्लानले पोस्टको दिशा दिएका थिए । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

यससँगै मछिन्द्रले लगातार दोस्रोपटक सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि जितेको छ । गत सिजन अन्तिम खेलमा त्रिभुवन आर्मीलाई हराउँदै उपाधि पक्का गरेको मछिन्द्रले यसपटक भने दुई खेल अगावै उपाधि पक्का गर्‍यो ।

मछिन्द्रले ११ खेलबाट २९ अंक जोडेको छ । दोस्रो स्थानको मनाङले १० खेलबाट २० अंक जोडेको छ । मनाङले अब तीनै खेल जिते पनि ‘हेड टु हेड’का आधरमा मछिन्द्र अगाडि हुनेछ । मछिन्द्रले मनाङलाई छैटौँ चरणमा १–० ले हराएको थियो । 

Royal Enfield Island Ad

यससँगै मछिन्द्र आधुनिक फुटबलमा लगातार दास्रोपटक उपाधि जित्ने तेस्रो टिम बनेको छ । यसअघि मनाङ र नेपाल पुलिस क्लबले उपाधिमा ह्याट्रिक गरेका थिए । 

गोलपछि मछिन्द्रका खेलाडीले २१ नम्बरको जर्सी प्रदर्शन गरेका थिए । रेफ्री प्रज्वल क्षेत्रीले ‘किकअफको ह्विसल’ बजाउनुअघि पनि मछिन्द्रका खेलाडीले २१ नम्बरको जर्सी प्रदर्शन गरे । कारण २१ नम्बर जर्सी मनिष डाँगीले लगाउँछन् । मनिष उनै खेलाडी हुन्, जो च्यालस युथविरुद्धको अघिल्लो खेलमा मैदानमै बोहोस भएका थिए । हेडिङ गर्नेक्रममा च्यासलका यानिक केचासँग टाउको ठोकिदाँ मनिष मैदानमै बेहोस भएका थिए । उनलाई मैदानमै एम्बुलेन्स लगेर अस्पताल लौजानु परेको थियो ।

अहिले मनिष अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । आराम गरिरहेका मनिषले लिगका बाँकी खेल गुमाउने छन् । उनै मनिषको सम्झनामा मछिन्द्रका खेलाडीले जर्सी प्रदर्शन गरेका थिए । र, शीघ्र स्वास्थ्य लाभको कामना गर्दै गोल मनिषलाई समर्पण गरेका थिए । 

मछिन्द्रले यो लगातार छैटौँ जित हो । मछिन्द्रले अब थ्री स्टार र एपीएफसँग खेल्नेछ । मनाङले भोलि एपीएफसँग खेलेपछि न्युरोड टिम (एनआरटी) र त्रिभुवन आर्मीसँग खेल्नेछ । पराजित सातदोबाटो भने १५ अंकका साथ छैटौँ स्थानमा यथावत छ । 

मछिन्द्रले ११ मध्ये ९ खेल जितेको छ भने दुईमा बराबरी गरेको छ । मछिन्द्र जारी लिगमा अहिलेसम्म अपराजित छ । जारी लिगमा अपराजित हुने अर्को टिम हो त्रिभुवन आर्मी क्लब हो । मछिन्द्रले ११ खेलमा १७ गोल गरेको छ भने एक गोलमात्र आएको छ । 

१९औँ मिनेटमा विमल घर्तिमगरले विपक्षी दुई रक्षकलाई कटाएर १८ यार्डबाट हानेको प्रहार सातदोबाटोका गोलकिपर अभिषेक बरालले मुस्किलले बचाएका थिए । विमलले विशाल श्रेष्ठको लामो पासलाई नियन्त्रणमा लिएका थिए । त्यसको पाँच मिनेटपछि विमल पुनः अभागी भए । २४औँ मिनेटमा नुर्लान नोभ्रोजोभले क्रसमा विमलले पेनाल्टी क्षेत्रबाट गरेको हेडिङ प्रहार सातदोबाटोका गोलकिपर अभिषेकले बचाइदिएका थिए । 

२९औँ मिनेटमा भने मछिन्द्र भाग्यमानी सवित भयो । सातदोबाटोका आकाश बुढामगरको कर्नर राम्रोसँग क्लियर नहुँदा सातादोबाटो खेलाडीले पटक पटक हानेको प्रहारलाई मछिन्द्रका गोलकिपर विशालले बचाइदिएका थिए । ३२औँ मिनेटमा मछिन्द्रका गोलकिपर विशालले पुनः उत्कृष्ट बचाए गरे । सातदोबाटोका कप्तान मानबहादुर तामाङको फ्रीकिकमा मार्टिन नान्गाले पेनाल्टी बक्सभित्रबाट हानेको हेडिङ प्रहार विशालले उत्कृष्ट बचाउ गरेका थिए । 

दशरथ रंगशालामै हुने लिगको दोस्रो खेलमा नेपाल पुलिस क्लब र थ्री स्टारले प्रतिस्पर्धा गर्नेछन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ४, २०७८  १५:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro