राजनीति
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका छन् ।
बैठक बुधबार बिहान साढे ११ मा संसद् भवनमा बस्ने सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।
संसद् बैठक दिउँसो १ बजे बस्दैछ । त्यसअघि समसामयिक विषयका छलफलका लागि कार्यव्यवस्था समितिको बैठक बस्न लागेको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आज फोनमार्फत सोमबारको संसद् चलाउनुपर्ने भन्दै बैठक बोलाउन आग्रह गरेका थिए ।
प्रकाशित मिति: मंगलबार, फागुन ३, २०७८ १७:३२
प्रतिक्रिया दिनुहोस्