अर्थ व्यवसाय
काठमाडौं । मेगा बैंक नेपालले चार वटा जिल्लाका बैंकिङ सेवा नपुगेका पाँच वटा स्थानमा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ ।
बैंकले भोजपुरको पौवादुम्मा गाउँपालिका वडा नम्बर ३ मा रोशन खड्का, सिन्धुलीको गोलञ्जोर गाउँपालिका वडा नम्बर ५ मा कुमार श्रेष्ठ, गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ५ देउरालीमा महेन्द्र घिमिरे, कञ्चनपुरको पुनर्बास नगरपालिका वडा नम्बर ८ मा नारायण पन्त र कृष्णपुर नगरपालिका वडा नम्बर २ बाङकामा जानकी रावतलाई व्यावसायिक प्रतिनिधि नियुक्त गरी शाखारहित बैंकिङ सेवा विस्तार गरेको जनाएको छ ।
प्रकाशित मिति: सोमबार, फागुन २, २०७८ १९:१४
प्रतिक्रिया दिनुहोस्