राजनीति
![चुनाव सार्न र टार्न महाअभियोग प्रस्ताव : ओली](https://12khari.top/uploads/posts/kp-oli-samsadiya-dal-baitha1644830862.jpg)
![Royal Enfield Island Ad](https://baahrakhari.com/uploads/bigyaapan/15756600.gif)
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव जसरी पनि निर्वाचन टार्न र सार्नका लागि ल्याइएको आरोप लगाएका छन् ।
एमालेका प्रमुख सचेतक विशाल भट्टराईका अनुसार आजको संसदीय दलको बैठकमा ओलीले एमसीसी पारित गर्नका लागि पनि सत्ता गठबन्धनका दलले महाअभियोग प्रस्ताव ल्याएको बताएको जानकारी दिए । ओलीले त्यसको प्रतिवाद गर्ने पनि बताएका छन् ।
“प्रधानन्यायाधीशविरुद्ध महाअभियोग चुनाव जसरी पनि सार्ने र टार्ने, अदालतलाई गिजोल्ने, एमसीसी पास गर्ने उद्देश्यले आएको हो । यसको प्रतिवाद गर्छौँ,” ओलीको भनाइ उद्धृत गर्दै भट्टराईले भने ।
प्रकाशित मिति: सोमबार, फागुन २, २०७८ १५:११
प्रतिक्रिया दिनुहोस्